१ वर्षमा सरकारले १ खर्ब ऋण भुक्तानी तिर्यो

१ वर्षमा सरकारले १ खर्ब ऋण भुक्तानी तिर्यो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा साँवा र ब्याज गरी कुल ९५ अर्ब १ करोड २२ लाख भुक्तानी गरेको हो । कुल भुक्तानीमध्ये साँवा भुक्तानीमा ६३.३३ प्रतिशत अर्थात् ६० अर्ब १६ करोड ९७ लाख रुपैयाँ भुक्तानी भएको छ । आन्तरिक ऋणको साँवामा ३८. ८४ प्रतिशत अर्थात् ३६ अर्ब ९० करोड ११ लाख रुपैयाँ र वैदेशिक ऋणको साँवामा २४.४९ प्रतिशत अर्थात् २३ अर्ब २६ करोड ८६ लाख रुपैयाँ भुक्तानी भएको छ ।

कुल ऋणको ३६. ४५ प्रतिशत अर्थात् ३४ अर्ब ६३ करोड ४० लाख रुपैयाँ ब्याज भुक्तानी भएको छ । यसमध्ये आन्तरिक ऋणको ब्याजमा २९.९५ प्रतिशत अर्थात् २८ अर्ब ४६ करोड ६ लाख रुपैयाँ र वैदेशिक ऋणको ब्याजमा ६.५ प्रतिशत अर्थात् ६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ भुक्तानी भएको छ ।

प्रकाशित मिति:     १६ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar