धानबालीमा क्षति व्यहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

धानबालीमा क्षति व्यहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

काठमाडौं । सरकारले वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढीमा १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति व्यहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार मध्यम किसान ९१० कठ्ठादेखि तीन बिघा वा सो बराबरको जग्गा० मा क्षति व्यहोरेका किसानलाई ३० प्रतिशत र तीन बिघाभन्दा बढी वा आंशिक क्षति भएकाको हकमा अधिकतम २० प्रतिशत राहत दिने निर्णय गरेको छ ।

प्रकाशित मिति:     १२ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar