धितोपत्र बोर्डको अध्यक्ष छन्न समिति, को बन्लान अध्यक्ष ?

धितोपत्र बोर्डको अध्यक्ष छन्न समिति, को बन्लान अध्यक्ष ?

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि समिति गठन गरिएको छ । तीन सदस्यीय छनौट समितिको नेतृत्व योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले गर्ने छन् ।

अर्का सदस्यमा अर्थ सचिव मधु मरासिनी र विज्ञकारुपमा प्रा.डा नारायण प्रसाद पौडेल रहेका छन् । तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेपछि उक्त पद खाली छ ।

बोर्ड अध्यक्षका लागि बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी, निर्देशक नवराज अधिकारी, बीमा समितिकाे पुर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ, राष्ट्र बैंककाे पुर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे, सनराइज बैक छाडेका जनक शर्मा पौडेल, सञ्चय कोषका पुर्व प्रशाशक कृष्णप्रसाद आचार्य र नेप्सेको सीईओबाट राजीनामा दिएका चन्द्रसिंह साउदको नाम चर्चामा छ ।

प्रकाशित मिति:     ११ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar