स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो सरकार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो सरकार

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति तय गर्न निर्वाचन आयोगसँग समय मागेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन र अन्य दलसँग छलफल गरेर मिति टुंगो लगाउने बताएका छन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ अनुसार कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि निर्वाचन गर्नुपर्ने हुन्छ ।
जसअनुसार आउँदो चैत ५ भित्र निर्वाचन गरिसक्नुपर्ने कानुनी प्रावधान छ । त्यसैले चुनावको तयारी गर्नेबारे सरकारले आयोगसँग छलफल थालेको हो ।

यसअघि २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । वैशाख ३१ मा भएको पहिलो चरणको निर्वाचनलाई आधार मानेर निर्वाचन मिति घोषणा गर्नुपर्ने सरकारलाई बाध्यता छ । यता, स्थानीय तहका जनप्रतिनिधिको पदावधि पनि आगामी जेठ ५ मा सकिँदै छ ।

प्रकाशित मिति:     ९ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar