तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात गरिने

तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात गरिने

काठमाडौं । यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात गरिने भएको छ । फूलको माग बढेकाले स्वदेशी उत्पादनले धान्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो ।

उसो त यो बर्ष बेमौसमी वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएको छ । जसले गर्दा पनि भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ । फूल मालाको अभाव हुन नदिन भारतबाट आयात गर्न पुष्प व्यवसायी लागिपरेका छन् । नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको छ । उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन् । गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो ।

प्रकाशित मिति:     ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar