पहिरोले कर्णाली नदी थुनियो

पहिरोले कर्णाली नदी थुनियो

काठमाडौं । बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको हो ।डिएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जानकारी दिए ।

नदी थुनिएर एक किलोमिटर ड्याम बनेको छ । पहिरो खस्ने क्रम पनि जारी रहेको बताइएको छ । बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको छ ।

प्रकाशित मिति:     २६ आश्विन २०७८, मंगलवार  |    Himali Khabar