लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि जनगणना गरिने

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि जनगणना गरिने

काठमाडौं । तथ्याङक विभागले भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी गरेको छ ।

सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको तथ्याङ्क विभागको तथ्याङक शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए। व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका ३२० परिवारका एक हजार जनाको गणना गर्न घरदैलोमै पुग्ने छ।

यसअघिको तथ्याङकमा सात सय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ ।

प्रकाशित मिति:     १६ आश्विन २०७८, शनिबार  |    Himali Khabar