काठमाडौंमा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

काठमाडौंमा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

काठमाडौं । काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो।

उपत्यकाको भीडभाडलाई मध्यनजर गरी सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो। सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्य रूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधनमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्य रूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्य रूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ। आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ।

प्रकाशित मिति:     १५ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar