बुद्ध एयर जहाजमा बिहीबार पनि समस्या आएपछि विराटनगर उड्न लागेका यात्रुलाई अर्को जहाजमा पठाइयो

बुद्ध एयर जहाजमा बिहीबार पनि समस्या आएपछि विराटनगर उड्न लागेका यात्रुलाई अर्को जहाजमा पठाइयो

काठमाडौं। बुद्ध एयरको जहाजमा बिहीबार पनि समस्या आएपछि काठमाडौं–विराटनगर उडान करिब डेढ घण्टा ढिलो भएको छ। कम्पनीको ९ एन–एमएफ कलसाइनको जहाजमा प्राविधिक समस्या आएपछि यात्रुलाई अर्को जहाजमा विराटनगर पठाइएको त्रिभुवन विमानस्थलले जनाएको छ।

विहीबार विहान ११ः५० बजेको उडानका लागि तयारमा राखिएको ९ एनएएमएफ कलसाइनको जहाजमा प्राविधिक समस्या आएपछि कम्पनीले ती यात्रुलाई १ः१९ बजे ९ एन–एएनएच कलसाइनको जहाजमा विराटनगर पठाएको विमानस्थलले जनाएको छ।

पछिल्लो समयमा बुद्धको जहाजमा लगातार समस्या आइरहेको छ।

प्रकाशित मिति:     १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar