दशैंको टिकट ‘बुकिङ’ खुलाउने तयारी

दशैंको टिकट ‘बुकिङ’ खुलाउने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन तयारी शुरु गरेको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले यसबारे यातायात व्यवसायहरुसँग छलफल भइरहेको जानकारी दिए ।

उनले दुई–तीन दिनमा दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने मितिको टुङ्गो लगाउने जानकारी दिए । दशैंमा उत्पयका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न यातायात व्यवसायीसँग पहिलो चरणमा छलफल भइसकेको छ ।

दशै मनाउन काठमाडौंबाट लाखौं मानिसहरु आफ्नो गृह जिल्ला जाने गर्छ ।

प्रकाशित मिति:     ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar