नेपालमा फोरजी प्रयोगकर्ता करिव १ करोड

नेपालमा फोरजी प्रयोगकर्ता करिव १ करोड

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बढेको छ । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन्।

टेलिकमको ४७ लाख ४४ हजार प्रयोगकर्ता छन्। गत जेठमा २७ लाख ७ हजार ४२९ प्रयोगकर्ता रहेका थिए। एक महिनामा मात्र १९ लाख ७३ हजार बढी फोरजीका प्रयोगकर्ता थपिएका छन्। यस्तै एक वर्षमा एनसेलका फोरजीका ग्राहक ५० लाख ४२ हजार बढी छन्। गत जेठमा ४८ लाख पाँच हजार प्रयोगकर्ता गरेका थिए।

स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार छन्। गत जेठमा एक लाख ५१ हजार ७१५ जना प्रयोगकर्ता रहेका थिए। स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन्।

अहिले तीन सेवा प्रदायकसँग ९९ लाख ५४ हजार ११९ फोरजीका प्रयोगकर्ता थपिएका छन्। गत जेठमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६४ हजार ४५९ थिए।

प्रकाशित मिति:     २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar