एक महिनामा नेपालबाट २ अर्ब ८३ करोडको भटमासको तेल निर्यात

एक महिनामा नेपालबाट २ अर्ब ८३ करोडको भटमासको तेल निर्यात

काठमाडौं । विराटनगर भन्सार नाकाबाट साउनमा २ अर्ब ८३ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । यस्तै यो अवधीमा ८२ करोड १६ लाख रुपैयाँको पाम आयल निर्यात भएको छ ।

भारतले पाम आयलमा एक वर्षअघि रोक लगाएर गत असारमा खुला गरेको थियो । जोगबनी नाकाबाट २०७५/७६ मा ४ अर्ब ५० करोड ३४ लाख रुपैयाँको ४१ हजार ३ सय ५७ टन पाम आयल भारत निर्यात भएको थियो । सोही आर्थिक वर्षको साउनमा २ अर्ब ८३ करोड ३८ लाख रुपैयाँको भटमास तेल निर्यात भएको छ । सोही महिनामा भने ८० करोड १० लाख मूल्यको ६० लाख ४३ हजार लिटर पाम तेलको कच्चा पदार्थ आयात भएको छ ।

चालु अर्थिक वर्षमा २ अर्ब ७४ करोड ६२ लाख रुपैयाँको १ करोड ७१ लाख ४० हजार लिटर भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । पाम र भटमास तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधित तेल निकासी हुन्छ ।

प्रकाशित मिति:     २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar