आज मन्त्रीपरिषद्लाई पूर्णता दिने, काङ्ग्रेसलाई ६ र अन्यलाई ५-५ मन्त्रालय

आज मन्त्रीपरिषद्लाई पूर्णता दिने, काङ्ग्रेसलाई ६ र अन्यलाई ५-५ मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद् विस्तार गर्ने बताइएको छ । असार अन्तिमसाता प्रधानमन्त्री बनेका देउवाले आजसम्म मन्त्रीपरिषद्लाई पुर्णता दिन सकेका छैनन् ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादीबाट २/२ जना मन्त्री र १ जना राज्यमन्त्री मात्र नियुक्त भएका छन् । मन्त्री परिषद् बिस्तारमा भएको ढिलाइका कारण सरकारको तीब्र आलोचना समेत हुँदै आएको छ ।

अब भने सत्तासाझेदार दलबीच सहमति भइसकेकाले आज सरकार विस्तार हुने कांग्रेस नेता मीन बिश्वकर्माले जानकारी दिए । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा सहभागी हुनेछ ।

पछिल्लो समय सत्तारूढ दल काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने । यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको स्रोतले जानकारी दिएको छ । एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएपछि विगतमा काँग्रेस, माओवादी र जसपाबीच भएको भागबण्डामा हेरफेर भएको हो।

प्रकाशित मिति:     १४ भाद्र २०७८, सोमबार  |    Himali Khabar