प्रदेशसभा सदस्यहरुले आवास सुबिधाका लागि करिव दुइ करोड खर्च

प्रदेशसभा सदस्यहरुले आवास सुबिधाका लागि करिव दुइ करोड खर्च

काठमाडौं । वाग्मती प्रदेशसभाका सदस्यहित पदाधिकारीका आवास सुविधाबापत आर्थिक २०७७/७८ मा झण्डै एक करोड ९० लाख रुपैयाँ भन्दा बढी खर्च भएको देखाइएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष एक करोड ९० लाख चार हजार ७४९ खर्च रुपैयाँ भएको हो ।सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखबाहेक विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतक, प्रदेशसभा सदस्यलाई घरभाडाबापत रकम भुक्तानी दिइएको हो ।

प्रदेशको राजधानीमा घर नभएका सांसदको हकमा भने प्रतिमहिना १५ हजार घर भाडाबापत उपलब्ध गराउँदै आइएको छ । राजधानी हेटौँडामै घर भएका प्रदेशसभा सदस्यलेसमेत आवास मर्मत शीर्षकमा प्रत्येक महिना सात हजार ५०० बुझ्दै आएका छन् । मुख्यमन्त्री तथा मन्त्रीले प्रदेश सरकारबाटै आवास सुविधा पाउँछन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको सेवा तथा सुविधालाई व्यवस्थित गर्न २०७५ सालमा ऐन निर्माण भइसकेकोे र सोहीअनुसार सदस्यलाई सेवा तथा सुविधा उपलब्ध गराइएको सचिवालयले जनाएको हो । प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार सभामुख र उपसभामुखका लागि प्रदेश सरकारले आवासको व्यवस्था गर्ने र आवासीय भवन मर्मत र सम्भार पनि सरकारले नै गर्ने व्यवस्था छ ।

प्रकाशित मिति:     ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar