बागमती प्रदेशको सञ्चित कोषमा पौने नौ अर्ब जम्मा

बागमती प्रदेशको सञ्चित कोषमा पौने नौ अर्ब जम्मा

काठमाडौं । बागमती प्रदेशका स्थानीय तहहरुद्वारा गत आर्थिक वर्ष २०७७/०७८ मा सङ्कलित विभिन्न तीन किसिमका करबापत झण्डै नौ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन्।

स्थानीय तहले आफूले उठाउने करबाट आफूलाई ६० प्रतिशत राखी बाँकी ४० प्रतिशत रकम प्रदेशलाई दिनुपर्ने कानूनी व्यवस्था रहेको छ। सोहीअनुरूप बागमती प्रदेशका ११९ वटै स्थानीय तहले आफूले उठाएको करबापत बाँडफाँट गरी प्रदेश सञ्चित कोषमा रकम जम्मा गरिदिएका हुन्।

बागमती प्रदेशको प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौँडाका अनुसार घरजग्गा रजिष्ट्रेशन दस्तुर, ढुङ्गागिट्टी बालुवा निकासी कर, विज्ञापन कर र मनोरञ्जन कर गरी स्थानीय तहहरुले बाँडफाँटबाट आठ अर्ब ७३ करोड ५१ लाख ८० हजार रुपैयाँ प्रदेशलाई पठाएका हुन्।

प्रकाशित मिति:     २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar