सरकारले रेल्वे कम्पनीका महाप्रबन्धकलाई स्पष्टीकरण, प्राधिकरणका कार्यकारी निर्देशक शक्यको राजीनामा माग्यो

सरकारले रेल्वे कम्पनीका महाप्रबन्धकलाई स्पष्टीकरण, प्राधिकरणका कार्यकारी निर्देशक शक्यको राजीनामा माग्यो

काठमाडौं। सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आचरण विपरीत कार्य गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको उनले जानकारी दिए।

यस्तै कार्यसम्पादन गतिलो नभएको र व्यापक जनगुनासो आएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन भनेका छन् । प्रधानमनत्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्री पम्फा भुसाल र कार्यकारी निर्देशक शाक्यलाई बोलाएर प्रधानमन्त्री देउवाले राजीनामा दिन आग्रह गरेका हुन् ।

प्रकाशित मिति:     १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar