गत वसन्त ऋतुमा कुल ४५९ जनाले सगरमाथाको आरोहण गरे

गत वसन्त ऋतुमा कुल ४५९ जनाले सगरमाथाको आरोहण गरे

काठमाडौं । गत वसन्त ऋतुमा कुल ४५९ जना आरोही/सहयोगीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालबाहेक विश्वभरका ४३ मुलुकका आरोहीले यो सिजनमा सगरमाथा चढेका हुन् । सो सिजन सगरमाथा चढ्न भने ४३ समूहका ४०८ आरोहीले अनुमति लिएका थिए ।

विभागका अनुसार यो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये २२६ जना आरोही भने चुचुरोसम्म पुग्न असफल भए । दुई अनुमति प्राप्त आरोहीको आरोहणकै दौरान निधन भएको थियो । निधन हुनेमा एक अमेरिकी र एक स्वीस नागरिक थिए ।

प्रकाशित मिति:     १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar