मिठो खाने बानीले धान–चामल आयात बढ्यो, एक वर्षमा पौने ५१ अर्बको आयात

मिठो खाने बानीले धान–चामल आयात बढ्यो, एक वर्षमा पौने ५१ अर्बको आयात

काठमाडौं । कृषिप्रधान देश नेपालमा गत आर्थिक वर्ष २०७७–७८ मा विभिन्न देशबाट ५० अर्ब ७८ करोड ६९ लाख ४७ हजार रुपैयाँको धान तथा चामल भित्रिएको छ। भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष धान मात्र नेपाले २० अर्ब ५४ करोड ९९ लाख ९६ हजार रुपैयाँको आयात गरेको छ।

सोही अवधिमा नेपालले ३० अर्ब २३ करोड ६९ लाख ५१ हजार रुपैयाँको चामल आयात गरेको छ।

नेपालमा भारत, चीन, बंगलादेश लगायतका मुलुकबाट आयत हुने गरेको छ । स्वदेशमा मोटा चामल उत्पादन गर्ने र मसिना चामल बाहिरबाट ल्याएर खान थालेका कारण पनि धान चामलको आयात बढेका बताइन्छ ।

नेपाल विश्वमै धेरै धान उत्पादन गर्ने मुलुकहरुको सूचीमा १७ औं स्थानमा छ ।

प्रकाशित मिति:     १० श्रावण २०७८, आईतवार  |    Himali Khabar