कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङबाट हुने कारोबार बढ्याे

कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङबाट हुने कारोबार बढ्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको देशका आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा अनलाइन कारोवार रकममा वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ ।

निषेधाज्ञाको कारण पनि डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि बताइएको छ ।

गत महिनाको तुलनामा जेठमा क्युआर स्क्यान, मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोवार रकममा कमी आएको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आइपिएसमार्फत एक अर्ब ६९ करोड ८४ लाख बढीको कारोवार भएको छ । जेठमा एक खर्ब ५८ अर्ब २५ लाख ४० हजार बढीको कारोवार भएकामा वैशाखमा एक खर्ब ४१ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो ।

यस्तै इन्टरनेट बैंकिङमार्फत गत वैशाखमा १० अर्ब ८० करोड रुपैयाँ बराबरको कारोवार भएकामा जेठमा ११ अर्ब १४ करोड २० लाख बराबरको कारोवार छ । गत वैशाखको तुलनामा जेठमा एक अर्ब ६२ करोड रुपैयाँ बढीको कारोवार भएको छ । मोबाइल बैंकिङमार्फत गत वैशाखमा ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोवार भएकामा जेठमा ५३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोवार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत चार अर्ब २७ करोड ३० लाख बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:     १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar