निगमको पुनःसंरचना : सरकारको ५१, बिदेशी साझेदारको ३०, सर्वसाधारण र पर्यटनको १४ र कर्मचारीको ५ प्रतिशत शेयर स्वामित्व !

निगमको पुनःसंरचना : सरकारको ५१, बिदेशी साझेदारको ३०, सर्वसाधारण र पर्यटनको १४ र कर्मचारीको ५ प्रतिशत शेयर स्वामित्व !

काठमाडौं । नेपाल वायुसेवा निगमको पुनःसंरचना गर्न विगत २ दशकदेखिका प्रयास कार्यान्वयन उन्मुख देखिन थालेको छ । निगम सुधारका लागि पटकपटक गरी ६ वटा कार्यदल गठन भए । तिनै कार्यदलको सुझाव तथा प्रतिवेदनका आधारमा निगमलाई कम्पनी बनाउने गरी शेयर संरचनामा गृहकार्य हुन थालेको छ ।

सरकारी स्वामित्वको निगमलाई कम्पनी मोडलमा लैजान र थप लगानी जुटाउन विदेशी वायुसेवा कम्पनीहरूलाई रणनीतिक साझेदारका रूपमा भित्र्याउने योजना पनि बनाइएको छ ।

निगमले प्रस्तावित कम्पनीमा नेपाल सरकारको ५१ प्रतिशत शेयर स्वामित्व हुने गरी शेयर संरचना योजना बनाएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगम पुनःसंरचना गर्दा बन्ने कम्पनीमा विदेशी लगानी साझेदारको ३० प्रतिशत, सर्वसाधारण तथा पर्यटन व्यवसायीहरूको १४ प्रतिशत र निगम सम्बद्ध कर्मचारीहरूको ५ प्रतिशत शेयर खुला गरिने योजना रहेको बताइएको छ ।

निगमलाई निजीकरण गर्न खोजिएको भन्दै केहिदिन यता कर्मचारीहरु अन्दोलित छन् ।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar