२४ घण्टाभित्र अब यसरी बन्नेछन् देउवा प्रधानमन्त्री

२४ घण्टाभित्र अब यसरी बन्नेछन् देउवा प्रधानमन्त्री

काडमाडौं। सर्वोच्च अदालतको कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेशपछि राष्ट्रपतिले धारा ७५(५) अनुसार दुई दिनभित्र नियुक्त गर्नु पर्नेछ। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएपछि देउवाले उपधारा (४) बमोजिम संसद् बैठकमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

२ सय ७१ सदस्यीय प्रतिनिधिसभामा १ सय ३६ मत आवश्यक पर्छ। देउवाले विश्वासको नपाएमा धारा ७६ (७) अनुसार स्वतः संसद् विघटन हुनेछ।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेकपा माओवादी केन्द्र, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित १ सय ४६ जनाले हस्ताक्षर सहित सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रकाशित मिति:     २८ असार २०७८, सोमबार  |    Himali Khabar