आन्तरिक उडानमा आइतबारबाट कोटा प्रणाली लागु नहुने

आन्तरिक उडानमा आइतबारबाट कोटा प्रणाली लागु नहुने

काठमाडौं । आन्तरिक उडानको कोटा प्रणाली हटाउने निणर्य भएको छ । कोटा प्रणाली हटे पछि आन्तरिक हवाई सेवा प्रदायकहरुले आश्यकता अनुसार उडान गर्न सक्ने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको हो ।

वायुसेवा कम्पनीहरुले देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको र यात्रुको चाप परेको भन्दै उडान संख्या थप्न माग गर्दै आएका थिए । उडान संख्या कम हुँदा टिकट पनि महङ्गो भएको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।

सरकारले यसअघि ५० प्रतिशतको सीमा तोकेको थियो । यद्यपि, विमानस्थलमा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar