अन्तर्राष्ट्रिय उडान खुलेसँगै सरकारले थप्यो क्वारेन्टिनका लागि होटलको संख्या (सूची सहित)

अन्तर्राष्ट्रिय उडान खुलेसँगै सरकारले थप्यो क्वारेन्टिनका लागि होटलको संख्या (सूची सहित)

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान खुलेसँगै क्वारेन्टिनका लागि होटलको संख्या थप गरेको छ। सरकारले प्रमुख गन्तव्यमा उडान खुलेसँगै पर्यटन विभागले होटलको संख्या थप गरेको हो।

विभागले १८९ होटललाई सूचीकृत गरेको हो। विभागले सामान्य होटलदेखि पाँचतारे होटल समेटेको छ। सूचीकृत होटलमा सुन्धारा, नयाँबजार, सिनामंगल, गौशला, गौरीघाट, पिङ्ग्लास्थान, कलंकी क्षेत्रलाई समेटेको छ।

त्यस्तै गोंगबु, ठमेल, क्षेत्रपाटी, कालधारा, लैनचौर मूलपानी, थली, बूढानीलकण्ठ, लाजिम्पाट, नक्साल, नगरकोट क्षेत्रलाई समेटेर होटल सूचीकृत गरेको छ।
मन्त्रिपरिषद् बैठकले असार दोस्रो हप्ताबाट प्रमुख अन्तर्राष्ट्रिय गन्तव्यमा उडान खोल्ने निर्णय गरेको थियो। त्यसअघि नै कतार, टर्की र भारतमा उडान हुँदै आएको थियो।

यी हुन् थप भएका होटल क्वारेन्टिन

प्रकाशित मिति:     १८ असार २०७८, शुक्रबार  |    Himali Khabar