पर्यटनमा कोरोनाको असर : पर्यटक आगम ह्वात्तै घटे पनि नेपाल बसाइ अवधि भने लम्बियो

पर्यटनमा कोरोनाको असर : पर्यटक आगम ह्वात्तै घटे पनि नेपाल बसाइ अवधि भने लम्बियो

काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२० मा पर्यटक ह्वात्तै घटे पनि नेपाल बसाइ अवधि भने लम्बिएको छ ।  सन् २०१९ सरदर बसाइ अविधि १२.७ दिन रहेकोमा सन् २०२० मा २.४ दिनले बढेर सरदर १५.१ दिन भएको छ ।

यो वृद्धि १८. ९ प्रतिशत हो । सन् २०१९ को अत्यतिर चीनको वुहानमा कोरोना भाइरस संक्रमण देखापर्‍यो । भाइरस संसारभर फैलिन थाल्यो । नेपालमा पनि संक्रमितहरू फेला परे । हवाई यातायात बन्द भयो । सीमा नाकाहरूका कडाइ गरियो ।

कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले २०७६ साल चैत ११ (सन् २०२० मार्च २४) देखि मुलुकभर लकडाउन ग¥यो । चार महिना पूर्ण लकडाउन भयो र खुकुलो हुँदै गयो । दोस्रो चरणको संक्रमणको कारण फेरि निषेधाज्ञा गरिएको २ महिना बितेको छ ।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar