दुई महिनापछि आन्तरिक उडान शुरु

दुई महिनापछि आन्तरिक उडान शुरु

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महिनापछि आजदेखि शुरु भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको थियो ।

उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छैन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ ।

बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यस्तै यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ । दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् ।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar