मध्य असारसम्म २७.१२ प्रतिशत भूभागमा मात्र धान रोपाई

मध्य असारसम्म २७.१२ प्रतिशत भूभागमा मात्र धान रोपाई

काठमाडौं । असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । कृषि विभागका अनुसार सोमबारसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ । जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो ।

असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्ष यो अवधिमा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो ।

बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने पनि उनले जानकारी दिए ।

प्रकाशित मिति:     १५ असार २०७८, मंगलवार  |    Himali Khabar