निषेधाज्ञा लागू भएयता ५३ प्रतिशतले रोजगारी गुमाए

निषेधाज्ञा लागू भएयता ५३ प्रतिशतले रोजगारी गुमाए

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञापछि धेरैले आफ्नो रोजगारी गुमाएको पाइएको छ। युनिसेफसँगको सहकार्यमा सेयरकास्ट इनिसियटिभले गरेको पछिल्लो सर्वेक्षणले यस्तो देखाएको हो।

सर्वेक्षणमा सहभागी ५३.१ प्रतिशत उत्तरदाताले पछिल्लो एक महिनामा आफू वा आफ्नो परिवारको सदस्यले रोजगारी गुमाएको बताएका छन्। गत जेठ ७, ८ र ९ गते ७७ वटै जिल्लाका ५०३ स्थानीय पालिका समेटेर दुई हजार ८९६ बालबालिकाका अभिभावकमाझ यो सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा सहभागी ३३.३ प्रतिशत उत्तरदाताले भने रोजगारी नगुमाएको जवाफ दिए। तर, १३.६ प्रतिशत उत्तरदाताले भने पछिल्ला केही महिनादेखि नै आफूहरु बेरोजगार रहेको उत्तर दिएका छन्।

रोजगारीका अवसर प्रदान गर्ने कृषि तथा पर्यटन व्यवसायमा काम गर्ने श्रमिकका साथै दैनिक ज्यालादारीमा काम गर्ने अत्यधिक कामदार नै रोजगारी तथा नियमित आम्दानी गुमाउनेमा सबैभन्दा धेरै भएको सर्वेक्षणले देखाएको छ।

प्रकाशित मिति:     २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar