साउन १ देखि मुख्य सचिवदेखि खरिदारसम्मले यति तलव बुझने छन

साउन १ देखि मुख्य सचिवदेखि खरिदारसम्मले यति  तलव बुझने छन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट मार्फत् कर्मचारीको तलब दुई हजार रुपैयाँ बढाएको छ । आगामी साउन १ देखि नयाँ तलब लागू हुनेछ ।

नयाँ तलब अनुसार निजामती कर्मचारीमा सबैभन्दा उपल्लो तह मुख्यसचिवको तलब ६७ हजार एक सय ३६ रुपैयाँ पुगेको छ । त्यस्तै, सबैभन्दा तल्लो तह खरिदारको तलब २८ हजार ६ सय चार रुपैयाँ हुनेछ ।

यस्तै सचिवको ६२ हजार ६ सय ७६, सह सचिवको ४९ हजार ३ सय ७७, उपसचिवको ४२ हजार ३ सय ८०, शाखा अधिकृतको ३७ हजार ९ सय ९० र नायव सुब्बा ३० हजार २ सय रुपैयाँ पाउने छन ।

प्रकाशित मिति:     १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar