आगामी वर्षका लागि पौने १६ खर्बको बजेट : वृद्धि भत्ता र सरकारी कर्मचारीको तलव बढ्यो

आगामी वर्षका लागि पौने १६ खर्बको बजेट : वृद्धि भत्ता र सरकारी कर्मचारीको तलव बढ्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्बको बजेट विजियोजन गरेको छ।

चालुतर्फ संघले ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ।

यस्तै प्रदेश र स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ।

यस्तै सरकारले २०७८ साउन १ गतेदेखि लागू हुनेगरी निजामती कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको छ । श्रमजीवी पत्रकारहरुका लागि ७ लाखसम्मको दुर्घटना बिमाका लागि बिमा शुल्क सरकारले तिर्ने व्यवस्था मिलाइएको छ ।

१६ वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई २ वर्षभित्र तिर्नेगरी १ थान ल्यापटप किन्न १५ ब्याजदरमा ऋण दिने घोषणा गरिएको छ ।शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम २५ लाख सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। तरकारी, दूध र माछा(मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने व्यवस्था गरेको छ ।

यस्तै सरकारले ज्येष्ठ नागरिकको भत्ता १ हजारले वृद्धि गरी ४ हजार पुर्‍याइएको छ ।

प्रकाशित मिति:     १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar