मुलुकको जिडीपी ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने

मुलुकको जिडीपी ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडीपी) ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने भएको छ । अर्थ मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार उत्पादकको मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उक्त परिमाणमा पुग्ने अनुमान गरिएको हो ।

कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा आर्थिक गतिविधिमा संकुचन आएको भए पनि चालू आर्थिक वर्ष २०७७/७८ का प्रमुख आर्थिक परिसूचकहरु सन्तोषजनक रहेका छन् । यद्यपि पछिल्लो एक महिनाभन्दा कोरोनाको दोस्रो लहर आएका कारण अर्थतन्त्र थप संकुचित हुने अवस्था देखिएको छ ।

गत आर्थिक बर्ष२०७६/७७ मा कोरोनाका कारणले नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको थियो ।

प्रकाशित मिति:     १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar