नेपालका २ करोड ६३ लाखभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट

नेपालका २ करोड ६३ लाखभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट

काठमाडौं। नेपालमा दुई करोड ६३ लाख ५६ हजार जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष२०७७÷७८को आठ महिनाको रिपोर्टमा उक्त संख्याको पहुँचमा इन्टरनेट पुगेको देखिएको हो।

२०७७ माघको तुलनामा फागुनमा ९ लाख ३६ हजारभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थपिएका छन्। नेपालमा २०७६ माघमा दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट पुगेको प्राधिकरणले जनाएको छ ।

२०६८ को जनसंख्या अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ ।

प्रकाशित मिति:     १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar