अलपत्र कामदारको समस्या समाधान गर्न छुट्टै संयन्त्र

अलपत्र कामदारको समस्या समाधान गर्न छुट्टै संयन्त्र

काठमाडौं । सरकारले विदेशमा समस्यामा परेका नेपालीको समस्या समाधान गर्न छुट्टै संयन्त्र बनाएको छ । सरकारले कोरोना लगायत विभिन्न कारणले अप्ठेरोमा परेका श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएको वैदेशिक रोजगार वोर्डले जानकारी दिएको छ ।

विदेशमा समस्यामा परेका श्रमिकको बारेमा विभिन्न कुटनितीक नियोग मार्फत बुझने काम भइरहेको वैदेशिक रोजगार बोर्डको भनाई छ । श्रमिकको बारेमा गम्भिर भएर उनीहरुको समस्या सम्बोधन गर्न तत्काल समस्या सम्बोधन हुने गरी संयन्त्र बनाइएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

मन्त्रीस्तरीय निर्णय अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकत्वमा परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, विभागका महानिर्देशक र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसहितको छुट्टै संयन्त्र बनाएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ बताए ।

संयन्त्र बने संगै काम सुरु भइसकेको र समस्यामा परि अलपत्र श्रमिक के कति छन् भन्ने बुझने काम भइरहेको छ ।

प्रकाशित मिति:     ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar