सन् २०२१ को तुलनामा २०२३ मा नेपालमा पर्यटकको बसाइ अवधी घट्यो

सन् २०२१ को तुलनामा २०२३ मा नेपालमा पर्यटकको बसाइ अवधी घट्यो

काठमाडौं । नेपाल भ्रमणमा आउने एक जना पर्यटक औसतमा १३.२ दिन नेपाल बस्ने गरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा औसत १३.२ दिन बस्ने गरेको छन् ।

यो मन्त्रालयका अनुसार यो संख्या सन् २०२२ को तुलनामा केही बढी हो । सन् २०२२ मा औसत बसाइ १३.१ दिन थियो ।

कोभिड महामारीको समयमा कम पर्यटक आएपनि पर्यटकको बसाइ अवधि भने बढी थियो । सन् २०२० मा १५.१ दिन र सन् २०२१ मा १५.५ दिन बसाइ अवधि थियो ।

त्यसअगाडि धेरै पर्यटक आएको वर्ष सन् २०१९ मा १२.७ दिन औसत प्रतिपर्यटक बसाइ अवधि थियो ।

प्रकाशित मिति:     ६ बैशाख २०८१, बिहीबार  |    Himali Khabar