३ जना नेपाली र ७ जना कोरियालीले जुगत १ र २ हिमाल आरोहण गर्दा सलामी दस्तुर नलाग्ने

३ जना नेपाली र ७ जना कोरियालीले जुगत १ र २ हिमाल आरोहण गर्दा सलामी दस्तुर नलाग्ने

काठमाडौं । ३ जना नेपाली र ७ जना कोरियाली गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय भएको छ।

आज बसेको मन्त्रीपरिषद् बैठकले सँस्कृति पर्यटन मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा कोरिया र नेपालका आरोहीले हिमाल आरोहण गर्न लागेका हुन् ।

प्रकाशित मिति:     ८ चैत्र २०८०, बिहीबार  |    Himali Khabar