अध्यागमन विभागको महानिर्देशकमा निरौला

अध्यागमन विभागको महानिर्देशकमा निरौला

काठमाडौं । अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलाले पाएका छन् । 

मंगलबार गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निरौलालाई दिएको हो ।

तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि ६ फागुनयता विभाग महानिर्देशकविहीन थियो । निरौला यसअघि गृह मन्त्रालयको सहसचिवका रूपमा कार्यरत थिए ।

प्रकाशित मिति:     ६ चैत्र २०८०, मंगलवार  |    Himali Khabar