सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध छ : मन्त्री पुन

सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध छ : मन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाइने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले ढुक्क भएर लगानी गर्न उद्योगी/व्यवसायीलाई आग्रह गरे ।

आफूले मन्त्रालयको नेतृत्व सम्हालेकै दिनबाट सुरक्षित व्यावसायिक वातावरण बनाउन प्रयासरत रहेकाले नआत्तिन उनको व्यवसायीलाई आग्रह थियो ।

मन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सँगै राखेर व्यावसायिक वातावरण बनाउन निर्देशन दिएको जानकारी पनि दिए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले म र गृहमन्त्रीलाई सँगै राखेर उद्योगी व्यवसायीलाई राज्यका निकायहरूले तर्साउनुभएन भन्नुभएको छ’, पुनले भने, ‘हामी निजी क्षेत्रलाई अपिल गर्न चाहन्छौँ कि अभिभावकीय भूमिकामा रहेको सरकारले कसैलाई आतङ्कित बनाउने काम गर्दैन ।’

आरोप लाग्दैमा नआत्तिन आग्रह गर्दै पुनले आरोप प्रमाणित हुने तथ्य नभएसम्म व्यवसायीलाई पक्राउ गरेर नथुन्ने वातावरण बनाइने विश्वास दिलाए ।

प्रकाशित मिति:     २९ फाल्गुन २०८०, मंगलवार  |    Himali Khabar