टुर्गानमा अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि हुने भयो चुनाव, अन्य पदमा सर्वसम्मत

टुर्गानमा अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि हुने भयो चुनाव, अन्य पदमा सर्वसम्मत

काठमाडौं । टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान)को नयाँ कार्यसमिति चयनका लागि तीन पदमा चुनाव हुने भएको छ । माघ ११ गते हुने टुर्गानको ३० औं वार्षिक साधारणसभासँगै नयाँ कार्यसमिति चयनका लागि आज भएको मनोनयनमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा दुई,दुई जनाको उम्मेदवारी परेपछि चुनाव हुन लागेको हो ।

टुर्गान सचिवालयका अनुसार अध्यक्षमा थानेश्वर देवकोटा र कुमार पुरीले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षका उम्मेदवार देवकोटा र पुरी

महासचिवमा शंकर भट्टराई र टंक दुवाडी र कोषाध्यक्षमा डा.बिमला दाहाल र रोहित फुयाँलको उम्मेदवारी परेको छ ।

महासचिवका उम्मेदवार भट्टराई र दुवाडी

यस्तै अन्य पदमा भने एक,एक जनाको मात्र उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, प्रथम उपाध्यक्षमा सुकदेव सिग्देल, द्वितिय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा र सचिवमा माधवराज श्रेष्ठको उम्मेदवारी परेको छ । यस्तै कार्यसमिति सदस्यमा भने नारायण बुढाथोकी, राजेन्द्रराज बज्राचार्य, रामहरि तिमिल्सिना र सरस्वती घिमिरेको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षका उम्मेदवार दाहाल र फुँयाल

३० औै साधारण सभा एवम् मतदान माघ ११ गते कमलादी स्थित प्रज्ञा भवनमा हुनेछ । भोली १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति:     ६ माघ २०८०, शनिबार  |    Himali Khabar