इन्टरनेट प्रयोगकर्ता एक वर्षमै पाँच लाख थपिए

इन्टरनेट प्रयोगकर्ता एक वर्षमै पाँच लाख थपिए

काठमाडौं । एक वर्षमा साढे ५ लाख इन्टरनेट प्रयोगकर्ता बढेका छन्। आर्थिक वर्ष ०७८/०७९ को तुलनामा ०७९/०८० मा ५ लाख ६६ हजार ग्राहक थपिएका हुन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कुल इन्टरनेट प्रयोगकर्ता २७ लाख पुगेका छन्। अघिल्लो आर्थिक वर्षसम्म २२ लाख ३४ हजार रहेका थिए। वल्र्डलिंक कम्युनिकेशन र डिस मिडिया नेटवर्कले बजार विस्तार आक्रामक रुपमा बढाएका छन्।

वर्ल्डलिंकको ७ लाख ८१ हजार ग्राहक रहेको तथ्यांक छ। अघिल्लो वर्ष ६ लाख ६० हजार ग्राहक रहेका थिए। डिस मिडिया नेटवर्कका २ लाख २९ हजार रहेका छन्। २०७९ असार मसान्तसम्म १ लाख ३२ हजार मात्रै ग्राहक रहेका थिए।

अधिकांश कम्पनीले ग्राहक बढाउँदा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनीले बढाउन सकेको छैन। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २ लाख ९२ हजार ग्राहक पुगेका छन्। १ वर्षअघि पनि २ लाख ९२ हजार नै ग्राहक रहेका थिए

प्रकाशित मिति:     १० कार्तिक २०८०, शुक्रबार  |    Himali Khabar