एक रातमै प्याजको मूल्यमा ४१ प्रतिशतसम्मले वृद्धि

एक रातमै प्याजको मूल्यमा ४१ प्रतिशतसम्मले वृद्धि

काठमाडौं । नेपाली बजारमा प्याजको मूल्यवृद्धिमा उछाल आएको छ। कालिमाटी तरकारी बजारको सूचना अनुसार एकै दिन प्याजको मूल्य ४१ प्रतिशतसम्मले बढेको छ।

आइतबार भारतले प्याजको निकासीमा ४० प्रतिशत कर लगाउने सूचना निकालेपछि आजै नेपाली बजारमा ४१ प्रतिशतसम्मको मूल्यवृद्धि भएको हो। कालिमाटी तरकारी बजार विकास समितिको सूचना अनुसार हरियो प्याजको मूल्यमा ४१ प्रतिशतले वृद्धि भएको छ भने सुकेको प्याजमा २७ प्रतिशतले बढेको छ।

भदौ ३ गते नेपाली बजारमा सुकेको प्याजको किलोको औसत ६१ रुपैयाँ रहेको थियो। भदौ ४ गते सो मूल्य ७८ रुपैयाँ पुगेको छ। त्यस्तै हरियो प्याजको मूल्य भदौ ३ गते किलोको औसत मूल्य १३६ रुपैयाँ रहेकोमा भदौ ४ गते १९३ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति:     ४ भाद्र २०८०, सोमबार  |    Himali Khabar