काठमाडौं उपत्यकाको निषेधाज्ञा आजबाट थप कडाइ पारिने

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजबाट थप कडाइ पारिने

काठमाडौं। दोस्रो लहरको कोरोना संक्रमणको ‘चेन ब्रेक’ काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ। बिहीबारदेखि जारी गरिएको निषेधाज्ञाको समीक्षा गरी आइतबारदेखि थप कडाइका साथ नियमन गरिने जनाइएको छ।

निषेधाज्ञा जारी भएपछि बिहीबार, शुक्रबार र शनिबारको अवस्थाको समीक्षा गरी आइतबारबाट थप कडाइ गर्ने उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गरेका छ्न ।

यस्तै कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय पनि गरेको छ।
समाचार संकलनका लागि सन्चारकर्मिलाइ पनि सूचना बिभागले जारी गरेको पास अनिवार्य गरिएको छ ।

प्रकाशित मिति:     १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar