भ्यालेन्टाइन डेमा २ लाख ८० हजार स्टिक गुलाबका फूल खपत हुने

भ्यालेन्टाइन डेमा २ लाख ८० हजार स्टिक गुलाबका फूल खपत हुने

काठमाडौं ।  फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस)को लागि ९३ प्रतिशत गुलाब आयात गर्ने भएको छ । यो अवधिभर २ लाख ८० हजार स्टिक गुलाबका फूल खपत हुने एसोसिएसनको अनुमान छ ।

उपत्यकाभित्र १ लाख ६८ हजार र उपत्यकाबाहिर १ लाख १२ हजार स्टिक गुलाबका फूल खपत हुने एसोसिएसनका अध्यक्ष मिनबहादुर लामाले बताए । कोरोना महामारीका कारण आन्तरिक उत्पादन घटेकोले अन्य मुलकबाट आयात गरिने लामाले बताए ।

यो भ्यालेन्टाइन डे को लागि ७ प्रतिशत अर्थात २० हजार स्टिक मात्रै आन्तरिक उत्पादनबाट खपत हुन्छ,’ उनले भने, ‘बाँकी २ लाख ६० हजार स्टिक गुलाबका फूल आयात गरिनेछ ।’ यस वर्ष प्रतिस्टिक गुलाबका फूलको मूल्य ८० रुपैयाँदेखि १२० रुपैयाँसम्म पर्ने एसोसिएसनले जनाएको छ । गत वर्ष २ लाख ७ हजार गुलाबका फूल खपत भएको थियो भने प्रतिस्टिक गुलाबका फूलको मूल्य ८० रुपैयाँदेखि १०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:     २४ माघ २०७९, मंगलवार  |    Himali Khabar