७६.६४ अंकले बढ्यो नेप्से परिसूचक

७६.६४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ७६.६४ अंकले बढेको छ। अघिल्लो हप्तादेखि स्थिरजस्तो देखिएको बजार आज खुलेदेखि लगातार उकालो लाग्यो।

२१०० बिन्दुबाट सुरु भएको परिसूचक २१७७.३४ बिन्दुमा पुगेर रोकिएको छ। आज कारोबार भएकामध्ये २१५ कम्पनीको सेयर मूल्य बढ्यो।

मंगलबार कारोबार रकममा पनि सुधार देखिएको छ। आज कुल २६० कम्पनीको ९३ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ। सधैभन्दा धेरै लगानी उपसमूहको सूचक ६.२५ प्रतिशतले उकालो लाग्यो। त्यस्तै विकास बैंक उपसमूह ५.०७, फाइनान्स ५.९४ र जलविद्युत् उपसमूह ५.३१ प्रतिशतले बढ्यो।

प्रकाशित मिति:     २४ माघ २०७९, मंगलवार  |    Himali Khabar