९ महिनामा ७ खर्ब १९ अर्ब राजस्व संकलन

९ महिनामा ७ खर्ब १९ अर्ब राजस्व संकलन

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको २०७७-०७८ को ९ महिनामा कूल ७ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

अर्थ मन्त्रालयकाअनुसार नौ महिनामा राजस्वतर्फ ६ खर्ब ३६ अर्ब ६९ करोड, गैरकर राजस्व तर्फ ४७ अर्ब १७ करोड र अन्य प्राप्तितर्फ ३५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।

प्रकाशित मिति:     १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar