तीन महिनामा साढे १२ अर्ब सहायताको प्रतिबद्धता

तीन महिनामा साढे १२ अर्ब सहायताको प्रतिबद्धता

काठमाडौं। नेपाल सरकारले पछिल्लो तीन महिनामा दातृ संस्था तथा निकायबाट १२ अर्ब ४६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायताको प्रतिबद्धता प्राप्त गरेको छ।

गत माघ, फागुन र चैतमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। प्राप्त प्रतिबद्धतामा एक अर्ब ६४ करोड अनुदान सहायता र १० अर्ब ८२ करोड ३१ लाख रुपैयाँ ऋण सहायता रहेको छ।

प्रकाशित मिति:     १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar