निषेधाज्ञाको पहिलो दिन नेप्से २५.८३ अंकले बढ्यो

निषेधाज्ञाको पहिलो दिन नेप्से २५.८३ अंकले बढ्यो

काठमाडौं । काठमाडाैं उपत्यकासहितका विभिन्‍न जिल्लामा निषेधाज्ञा सुरु भएको दिन नेप्से दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक २५.८३ अंकले बढेर २६११.११ विन्दुमा कायम भएको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.९१ अंकले बढेर ४६९.०३ विन्दुमा कायम भएको छ।

आज कूल २१७ वटा कम्पनीका ९८ लाख १८ हजार ४६ कित्ता सेयर ५० हजार ६७३ पटक खरिद-बिक्री भई चार अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित मिति:     १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar