कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमाले सांसदलाई मन्त्री पद

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमाले सांसदलाई मन्त्री पद

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका नेकपा एमालेका तीन जना प्रदेश सभा सदस्य मन्त्री बन्ने भएका छन्। शुक्रबार प्रदेश सभामा भएको मतदानमा एमालेका चार सांसदले शाहीलाई विश्वासको मत दिन पार्टीको ह्वीप उल्लंघन गरेका थिए।

उनीहरुमध्ये तीन जना मन्त्री बन्ने टुंगो लागेको छ। शुक्रबार यसरी फ्लोर क्रस गर्नेमा एमालेका प्रकाश ज्वाला, अम्मर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही थिए। उनीहरुमध्ये थापा भौतिक पूर्वाधार मन्त्री, बुढा कृषिमन्त्री र शाही उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्ने टुंगो लागेको माओवादी केन्द्रका सांसद बिन्दमान बिष्टले बताए।

प्रकाशित मिति:     ५ बैशाख २०७८, आईतवार  |    Himali Khabar