हवाइ भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयको निर्देशन

हवाइ भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयको निर्देशन

पूर्णप्रसाद चौलागाई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ ।

आन्तरिक उडान गर्दै आएका बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले आपसी मिलेमतोमा आफुखुसी हवाई भाडादर निर्धारण गरेपछि मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको हो ।

आन्तरिक उडान गर्ने कम्पनीले हवाई उडानमा कार्टेलिङ गरिरहेको सूचनाका आधारमा अध्ययन अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

प्रकाशित मिति:     ९ पुष २०७९, शनिबार  |    Himali Khabar