विश्व बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्यो

विश्व बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्यो

काठमाडौं, १३ चैत । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । युरोपमा कोरोना भाइरससम्बन्धी नयाँ चरणको प्रतिबन्ध सुरु भएसँगै तेलको मूल्य ओरालो लागेको हो।

यस्तै मूल्य घट्नुको अर्को कारण स्वेज नहरमा आवागमन अवरुद्ध हुनु पनि रहेको बताइएको छ । स्वेज नहरमा एउटा कन्टेनर सिप अड्किएर मार्ग अवरुद्ध भएको छ।

बिहीवार लन्डनस्थित आइसिई एक्चसेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ७ प्रतिशतले घटी ६३ डलर ३१ सेन्टमा आयो । वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल २ दशमलव १ प्रतिशतको कमीसहित ५९ डलर ९१ सेन्टमा झरेको थियो।

विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानीको बाटो स्वेज नहरमा जहाज अड्किएर बाटो ठप्प भएको खबर सार्वजनिक पछि बुधवार भने दुबै बेञ्चमार्कको भाउ करिब ६ प्रतिशतले बढेका थिए।

प्रकाशित मिति:     १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar