त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोटरसाइकलको पार्किङ शुल्क ४० रुपैयाँ, कुन सवारीको कति?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोटरसाइकलको पार्किङ शुल्क ४० रुपैयाँ, कुन सवारीको कति?

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी साधन पार्किङको शुल्क बढाएको छ।

प्राधिकरणले मंसिर १ गते (आज)बाट लागू हुने गरी सवारीसाधन पार्किङ शुल्क बढाएको हो।

प्राधिकरणले गत जेठ १५ गतेदेखि लागू हुने गरी जारी गरेको विमानस्थल सेवा शुल्क नियमावलीले दिएको अधिकार प्रयोग गरी पार्किङ शुल्क बढाइएको जनाएको छ।

यस्तो छ पार्किङ शुल्क

मोटरसाइकल, स्कुटर र रिक्सा : प्रतिघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ।
कार, जीप, लेमोजिन, टेम्पो : प्रतिघण्टा ८० र प्रतिदिन ४८० रूपैयाँ।
हल्का सवारी साधन (मिनी बस, माइक्रो बास) : प्रतिघण्टा एक सय र प्रतिदिन ६ सय रूपैयाँ।
बस ट्रक (गह्रौ सवारी साधन) : प्रतिघण्टा १५० र प्रतिदिन नौ सय रूपैयाँ।

प्रकाशित मिति:     २ मंसिर २०७९, शुक्रबार  |    Himali Khabar