विदेशी लगानी भित्र्याउने न्यूनतम सीमा २ करोड

विदेशी लगानी भित्र्याउने न्यूनतम सीमा २ करोड

काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । गत २८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको थियो । जुन निर्णय सोमबार रापपत्रमा प्रकाशित भएको हो ।

अब नेपालमा प्रत्यक्ष विदेशी लगानी ल्याउन चाहनेले न्यूनतम २ करोड रुपैयाँदेखि माथि लगानी भित्र्याउन पाउने छन् । यसअघि यस्तो न्यूनतम सीमा ५ करोड रुपैयाँ थियो ।

राजत्रपत्रअनुसार इनभेष्टमेन्ट कम्पनीमार्फत लगानी नेपालमा विदेशी लगानी भित्र्याउन चाहने गैरआवासिय नेपाली (एनआरएन)का हकमा भने यस्तो सीमा नलाग्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:     २९ कार्तिक २०७९, मंगलवार  |    Himali Khabar